काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँग रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिकरुपमा घुस लिने गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले पक्राउ गरेको हो । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले रानालाई बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट पक्राउ गरेको हो । आरोपी रानाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० साउन २०७७, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ