केन्द्रीय कमिटि बैठक नबोलाउने मुडमा प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १५ : ४५
केन्द्रीय कमिटि बैठक नबोलाउने मुडमा प्रधानमन्त्री ओली

फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पार्टीका केन्द्रीय सदस्यहरुले माग गरेपनि केन्द्रीय कमिटि बैठक नबोलाउने मुडमा देखिएका छन् ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथाका लागि विज्ञहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले संकटको बेलामा आफ्नै पार्टीबाट रोग नियन्त्रणका लागि असहयोग भएको भन्दै केन्द्रीय कमिटि बैठक नबोलाउने आशय व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गरे । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदाशिन हुनै स्वार्थका पछाडी कुदेको टिप्पणी गरे ।

उनले भने, ‘‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ । तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो रु के गर्ने हो रु त्यस्तो सोच केहीपनि छैन । तर बैठक चाहि चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुप¥यो, भरे बस्नुप¥यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ ।’’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पु¥याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए । संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनले बताए । उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने बताए ।

प्रतिक्रिया दिनुहोस