मोटरसाइकल चोरीमा संलग्न चितवनका तीनजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १२ : २०
मोटरसाइकल चोरीमा संलग्न चितवनका तीनजना पक्राउ

चितवन । मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान एवं खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले तीन जनाको साथबाट ४ वटा मोटसाइकल समेत बरामद गरेको छ । उनीहरुले मोटरसाइकलको नम्बर परिवर्तन गरेका थिए ।

पक्राउ पर्नेहरुमा इच्छाकामना गाउँपालिका ७ गर्दास निवासी ३० वर्षीय रामबहादुर गुरुङ, कालिका नगरपालिका ३ सिमलढाप निवासी २७ वर्षीय योगेश वाईवा, कालिका २ पदमपुर बस्ने २८ वर्षीय सुरज गुरुङ रहेका छन् ।

उनीहरुलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस