डोटी । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो ।
नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनको शव फेला परेको प्रहरी प्रमुख पाण्डेले बताए । उनले भने, “नदीले बगाउँदै गरेको अवस्थामा एकजनाको शव भेटिएको छ, शव परीक्षणका लागि जिल्ला पु¥याइएको छ ।”
शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा बझाङ घर भई सो अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र जोशी नदीमा बेपत्ता भएका थिए ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता अर्का स्वास्थ्यकर्मी सिंहको शव खोजी जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ साउन २०७७, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा दुई जनाको शव फेला
रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता
झापामा तीन जनाको शव फेला
सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो
गोहीले खाएको अवस्थामा नारायणी किनारमा महिलाको शव फेला
सेती नदीमा बगेका १० वर्षीय अमित विकको शव फेला