मनाङ मस्याङदीलाई हराउँदै थ्रीस्टार फाईनलमा प्रवेश

शुक्रबार, १८ फागुन २०७४, ०९ : १३
मनाङ मस्याङदीलाई हराउँदै थ्रीस्टार फाईनलमा प्रवेश

चितवन :थ्रीस्टार क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा सडनदेथमा ४–३ गोल अन्तरले थ्रीस्टार विजयी भएको हो । निर्धारित समयमा दुवै टिम १–१ गोलमा रोकिएपछि खेल ट्राईबेकमा धकेलिएको थियो । मनाङले खेलको छैठौं मिनेटमा पाएको पेनाल्टीमा सुजल श्रेष्ठले गोल गरेपछि अग्रता लिएको थियो ।


दोस्रो हाफको ४ औं मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी अजई मार्टिनले आकर्षक गोल गर्दै खेल बराबरीमा पु¥याए । दुवै टिमले पाएको थुप्रै मौका गोलमा परिणत हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकर र सडनदेथमा मनाङको तीन प्रहार रोक्नुको साथै एक गोल गर्न सफल थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने म्यान अफ दि म्याच घोषित भए ।

थ्रीस्टारले अब फागुन १९ गते उपाधिका लागि विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लवसंग भिड्ने छ ।

फ्रेण्डस क्लव काठमाडौंलाई हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस