बकर इद सामूहिक एकता र भ्रातृत्वको पर्व : सभामुख सापकोटा

रासस

शुक्रबार, १६ साउन २०७७, २१ : ३४
बकर इद सामूहिक एकता र भ्रातृत्वको पर्व : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विषम परिस्थितिको ख्याल गर्दै घरमै बसेर बकर इद मनाउनुु हुन र स्वास्थ्य सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई आग्रह गर्नुभएको छ ।

इस्लाम धर्म मान्ने मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताबीचको एकताका लागि नेपाल विश्वसामु उदाहरणीय रहेको बताउनुभएको छ । 

बकर इद नमाज पढेर एकअर्कालाई शुुभकामना दिएर मनाइने उल्लेख गर्दै सभामुखले  संयमता, आपसी सद्भाव, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने यो पर्व सामूहिक एकता र भ्रातृत्वको पर्वसमेत भएको उल्लेख गर्नुभएको छ ।

यो वर्ष कोरोना भाइरसका कारण पहिलेजस्तो सहज ढङ्गले पर्व मनाउने अवस्था नभएको तथ्य पेश गर्दै सभामुख सापकोटाले बकर इदजस्ता पर्वले हामीबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विषमताका बाबजुद यस पर्वमार्फत राष्ट्रिय एकता र धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबैमा प्रेरणा मिल्ने कामनासमेत गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस