निर्मला पन्त बलात्कार हत्या प्रकरण : एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १६ : ०७
निर्मला पन्त बलात्कार हत्या प्रकरण : एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछिको घटनामा लापरबाही गरेको तथा प्रमाण नष्ट गरेको अभियोग लागेका प्रहरी अधिकारीलाई अदालतले सफाइ दिएको छ । 

जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट र यातनाविरुद्धको मुद्दामा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा दिल्लीराज विष्टसहित निलम्बित डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी हमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस