इनफ इज इनफ अभियानका पाँच जना सिंहदरबार गेटबाट पक्राउ

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १३ : ०४
इनफ इज इनफ अभियानका पाँच जना सिंहदरबार गेटबाट पक्राउ

फाइल फोटो

काठमाडौं । विभिन्न माग राख्दै अनसनसहितको दबाबमुलक कार्यक्रम गर्दै आएको इनफ इज इनफ अभियानका ५ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । 

आफूहरुको मागबारे सरकारलाई दबाब दिन भन्दै बिना पास सिंहदरबारभित्र छिर्न लागेका उनीहरुलाई दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरु जबरजस्ती सिंहदरबारभित्र पस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । उनीहरु पाँचै जनालाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । 

पीसीआर परीक्षणको दायरा बढाइनु पर्ने, आरडीटी परीक्षण बन्द गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्नेलगायतका विभिन्न माग राख्दै इनफ इज इनफ अभियानले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस