दाङ । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ साउन २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु