काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री गर्ने (नेटवर्किङ) व्यवसाय गर्नका लागि विभिन्न सातवटा कम्पनीलाई इजाजतपत्र दिएको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ कार्यान्वयनमा ल्याई नेटवर्किङ व्यवसायलाई वैधता दिएको हो ।
नेटवर्किङ व्यवसाय गर्नका लागि विभिन्न सातवटा कम्पनीलाई अनुमतिपत्र दिएको विभागले जानकारी दिएको छ । विभागले आइबोस ग्लोबल इन्टरनेशनल प्रा।लि चाबहिल, नेचर हब्र्स इन्टरनेशनल प्रालि ललितपुर कुमारीपाटी, न्यू विवेक इन्टरप्राइजेज प्रा।लि एकान्तकुना, हेल्दी लिभिङ नेपाल प्रालिलाई इजाजतपत्र दिएको छ ।
यस्तै, केयर मार्टस इन्टरनेसनल चाबहिल, यूटर्न इन्टरनेसनल प्रालि टोखा र ग्लोबल ओरियन्स नेपाल प्रालि बालाजुलाई कानुन बमोजिम वस्तुको प्रत्यक्ष बिक्री गर्ने व्यवसाय गर्नका लागि इजाजत प्रदान गरिएको विभागले जानकारी दिएको छ । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ साउन २०७७, ०८ : ३४
लेखकबाट थप