बालुवाटार बैठकमा को उपस्थित भए, को अनुपस्थित भए ?

पत्रपत्रिकाबाट

बुधबार, १४ साउन २०७७, ०७ : ३३
बालुवाटार बैठकमा को उपस्थित भए, को अनुपस्थित भए ?

काठमाडौं । शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलबार स्पष्ट कित्ताकाट देखिएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगित गरिदिए । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालनिकट स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री निवासभित्रै बैठक गरेर ओलीको कदमलाई अवैधानिक भनेका छन् । दुई आमन्त्रित र २८ स्थायी कमिटी सदस्य उपस्थित रहेको उक्त भेलालाई दाहाल–नेपाल समूहले ‘स्थायी कमिटीको आधिकारिक बैठक’ दाबी गरेको छ ।

ओली समूहले भने यसलाई दाहाल–नेपाल समूहको ‘गुटको भेला’ भनेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

बालुवाटार बैठकमा उपस्थित
पुष्पकमल दाहाल
झलनाथ खनाल
माधवकुमार नेपाल
वामदेव गौतम
नारायणकाजी श्रेष्ठ
अष्टलक्ष्मी शाक्य
गणेश साह
गिरिराजमणि पोखरेल
गोकर्ण विष्ट
घनश्याम भुसाल
चक्रपाणि खनाल
जनार्दन शर्मा
देव गुरूङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
वेदुराम भुसाल
भीम आचार्य
भीम रावल
मातृका यादव
मुकुन्द न्यौपाने
युवराज ज्ञवाली
योगेश भट्टराई
रघुजी पन्त
लीलामणि पोखरेल
सुरेन्द्र पाण्डे
शक्ति बस्नेत
हरिबोल गजुरेल
अमृत बोहरा
विष्णुपुकार श्रेष्ठ

जो अनुपस्थित रहे
केपी शर्मा ओली
ईश्वर पोखरेल
रामबहादुर थापा
विष्णु पौडेल
किरण गुरूङ
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरूङ
मणि थापा
रघुवीर महासेठ
लेखराज भट्ट
विष्णु रिमाल
सत्यनारायण मण्डल
सुवास नेम्वाङ
शंकर पोखरेल

प्रतिक्रिया दिनुहोस