काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, १७ : ०२
काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएका छन् । यस्तै ललितपुरमा ४ र भक्तपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।