नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक पुनः स्थगित

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, ११ : १२
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक पुनः स्थगित

फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने तय भएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । 

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार, पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो । 

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।

प्रचण्ड र नेपाल पक्षका नेताहरु आजको स्थायी समिति नरोक्ने र अगाडी वढने वताईरहेका वेला फेरि वैठक स्थगित भएको हो ।  वैठक अव कहिले वस्ने भन्ने कुनै मिति तोकिएको छैन । अनिश्चितकालका लागि स्थगित भएको छ । अर्काे सूचना जारी नहुदासम्म वैठक रोक्ने कुरा भएको छ, केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले वताए । 
 
वैठकका विषयमा विहान अध्यक्ष प्रचण्डको निवासमा सचिवालयका ६ नेताहरु सहित केही स्थायी समिति सदस्यहरुको छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस