आजको मौसम : देशभर हल्का देखि भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, ०८ : २६
आजको मौसम : देशभर हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरका अधिकांश स्थानमा को मौसममा आंशिक बदली रही धेरै स्थानहरुमा हल्का देखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको महाशाखाले जनाएको छ । 

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  राती पनि देशभर अधिकांश स्थानमा बदली रही हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस