थप ३ जना कोरोना संक्रमितको मृत्यु, ४८ पुग्यो मृतकको संख्या

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, १६ : ५७
थप ३ जना कोरोना संक्रमितको मृत्यु, ४८ पुग्यो मृतकको संख्या

काठमाडौं । नेपालमा थप ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

उनका अनुसार बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 
उनी निमोमिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए । 

यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको साउन १० गते विहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका विरामी थिए । 

यस्तै धनुषा सहिदनगर ८ का ३६ वर्षिय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । साउन १० गते ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना उनी भएका थिए । 

आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो । 

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।