हेटौंँडा । हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।
हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्र्फ जाँदै गरेको ट्रयाक्टर धरान–चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका– ६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती – ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् । हेटौंँडाबाट निर्माण सामग्री बोकेर वाग्मती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंँडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाटर चालक भने फरार रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ साउन २०७७, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा दुर्घटना बढ्यो, २५ दिनमा १८ जनाको मृत्यु
सवारी दुर्घटनामा गाडी चालकको मृत्यु
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु