मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका हुन् । ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । बाजे नाति सुतेको अवस्थामा घर भत्किएको थियो ।
स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका छन् ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ साउन २०७७, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा