काठमाडौं । आफ्नै सम्पत्तिबारे पत्तो नपाएको सरकार अन्ततः एप्स नै बनाएर सार्वजनिक सम्पत्तिको खोजीमा जुटेको छ ।
सरकारी आयव्ययको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक सम्पत्तिको अभिलेखीकरण गर्न भन्दै सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीपीएमएस) नामक एप्स बनाएर सरकारी सम्पत्तिको खोजीमा जुटेको हो ।
चालू आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइएको उक्त प्रणाली आगामी असोजदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने महालेखाको योजना छ । पीपीएमएसे प्रणालीले देशभरीको सार्वजनिक सम्पत्तिको अभिलेख राख्दै यसको मूल्य, सरकारको दायित्व आदिका बारेमा पनि सूचना राख्छ ।
उक्त प्रणाली कार्यान्वयनमा आएपछि सार्वजनिक सम्पत्तिको दुरुपयोग हुने जोखिम कम हुने महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बताए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ साउन २०७७, ०८ : १०
लेखकबाट थप