ब्युँतियो रञ्जनको मुद्दा, गीताको हत्या भवितव्य मान्न नसकिने ठहर

पत्रपत्रिकाबाट

सोमबार, १२ साउन २०७७, ०७ : ३८
ब्युँतियो रञ्जनको मुद्दा, गीताको हत्या भवितव्य मान्न नसकिने ठहर

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या योजनाबद्ध ढंगले गरेको जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले सजाय घटाइदिएपछि रञ्जन जेलबाट छुटेका थिए। यो फैसलालाई लिएर विवाद बढेपछि सर्वोच्चले आफ्नै फैसलामा पुनरवलोकन थालेको हो।

रञ्जनले प्रहरीसँगको बयानमा कसुर सकारे पनि अदालतमा आएर इन्कार गरेको आइतबार बसेको न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले जनाएको छ। रञ्जनले शव लुकाउन गरेको प्रयत्नबाट उक्त घटनालाई सामान्य र भवितव्य मान्न नमिल्ने इजलासले जनाएको हो।

‘प्रस्तुत विवादमा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले मौकामा साबित भई अदालतमा बयान गर्दा आरोपित कसुरलाई इन्कार गरी आफ्नो बेहोरा लेखाएको पाइयो,’ इजलासले भनेको छ, ‘प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जन कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको लास लुकाउन गरेको क्रियाकलापबाट घटित बारदातलाई सामान्य अवस्थाको बारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्थासमेत देखिँदैन।’

प्रतिक्रिया दिनुहोस