गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमित पुष्टि

रासस

आइतबार, ११ साउन २०७७, २१ : ०६
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौं । पोखरा महानगरपालिकामा एक सहित गण्डकीमा ३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा एक पुरुष र नवलपुरमा एक पुरुष र एक महिला गरि २ जना संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये १११४ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमणबाट प्रदेशमा ४ जनाको ज्यान गएको छ ।