राप्रपाका ३१ नेताले दिए राजीनामा (नामावलीसहित)

सफल खबर संवाददाता

शनिबार, १० साउन २०७७, २० : ५५
राप्रपाका ३१ नेताले दिए राजीनामा (नामावलीसहित)

काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राप्रपामा पहिरो गएको छ । पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उच्च स्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री सुनील थापासहितका ३१ नेताले राजीनामा दिएका हुन् । उनीहरु छिट्टै काँग्रेस प्रवेशको तयारीमा रहेको स्रोतले बतायो ।

३१ नेताले पार्टी अध्यक्षय कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई एक पत्र लिँदै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् । केहीअघि मात्रै पार्टी एकीकरण भएपनि राप्रपामा पहिरो गएको हो । 

१ सुनिल बहादुर थापा धनकुटा उच्च स्तरिय कार्य सम्पादन समिति सदस्य एवं पूर्व महामन्त्री, राप्रपा, (पूर्व मन्त्री उद्योग वाणिज्य)
२ विष्णु विक्रम थापा सिन्धुपाल्चोक उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृह राज्य मन्त्री
३ बाबुराम बस्नेत भोजपुर उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
४ बृजलाल यादव बारा उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री
५ पदम बहादुर बस्नेत धनकुटा केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापति धनकुटा
६ किरण गिरी काठमाडौं केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा
७ दिलिप राई झापा केन्द्रिय सदस्य
८ आशाराम चौधरी कैलाली केन्द्रीय सदस्य
९ चन्द्र कुमार घुण्डे गुरुङ संखुवासभा केन्द्रीय सदस्य, राप्रपा
१० श्रीमती राज्य लक्ष्मी श्रेष्ठ नुवाकोट संविधान सभा सदस्य
११ चतुरमान विश्वकर्मा झापा केन्द्रीय सदस्य
१२ राम पदारथ शाह सर्लाही केन्द्रीय सदस्य
१३ बिरेन्द्र लाल कर्ण धनुषा पूर्व केन्द्रिय सदस्य
१४ नारायण राउत भोजपुर पूर्व केन्द्रिय सदस्य
१५ इन्द्र बहादुर तामाङ्ग सिन्धुपाल्चोक पूर्व जिल्ला अध्यक्ष, जिविस उपसभापति
१६ राज कुमार भट्टराई सिन्धुपाल्चोक पूर्व जिल्ला अध्यक्ष, शिक्षक परिषद
१७ डम्बर बहादुर राई भोजपुर महाधिवेशन प्रतिनिधी
१८ माधव पौडेल सिन्धुपाल्चोक जिल्ला कार्य समिति सदस्य
१९ अर्जुन विक्रम थापा सिन्धुपाल्चोक पूर्व गाविस अध्यक्ष, बोडेगाउँ
२० हरेन्द्र प्रसाद यादव बारा जिल्ला अध्यक्ष
२१ रुप नारायण यादव बारा जिल्ला उपाध्यक्ष
२२ भिखारी लाल यादव बारा जिल्ला सदस्य
२३ भिखारी लाल यादव बारा जिल्ला सदस्य
२४ जिल्ला अध्यक्ष लक्ष्मी शुब्बा सहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरु धनकुटा
२५ राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु धनकुटा
२६ महेन्द्र बस्नेत मोरङ पूर्व जिल्ला सदस्य
२७ गोपी ठकुरी सिन्धुपाल्चोक जिकास सदस्य
२८ डोलनाथ आचार्य सिन्धुपाल्चोक गाउँपालिका उपाध्यक्ष
२९ दबिबल तामाङ सिन्धुपाल्चोक नगरपालिका इकाइ सदस्य
३० मदन घिमिरे धनकुटा वरिष्ठ उपाध्यक्ष, राप्रपा प्रजातान्त्रिक युवक संगठन
३१ ध्रुव थापा सिन्धुपाल्चोक पूर्व युवक संगठन सदस्य