काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले छ केजी लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।
यही साउन ८ गते दाङको राप्ती गाउँपालिका–१ रातोडाँडामा रहेको दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नंको मोटरसाइकल र लु१च ६१७१ नंको बोलेरो जिप पनि फेला परेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।
यसअघि पनि भालुवाङबाट लागुऔषधकै कारोवार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । गाँजा, चरेस हाम्रै पहाडी जिल्लामा उत्पादन हुने भएकाले कारोवारीले दाङलाई कारोवारको केन्द्र बनाएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० साउन २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ