काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले छ केजी लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।
यही साउन ८ गते दाङको राप्ती गाउँपालिका–१ रातोडाँडामा रहेको दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नंको मोटरसाइकल र लु१च ६१७१ नंको बोलेरो जिप पनि फेला परेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।
यसअघि पनि भालुवाङबाट लागुऔषधकै कारोवार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । गाँजा, चरेस हाम्रै पहाडी जिल्लामा उत्पादन हुने भएकाले कारोवारीले दाङलाई कारोवारको केन्द्र बनाएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० साउन २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ