जब खेलिरहेकी बालिकालाई सर्पले डस्यो...

सफल खबर संवाददाता

शनिबार, १० साउन २०७७, १२ : ५१
जब खेलिरहेकी बालिकालाई सर्पले डस्यो...

फाइल तस्विर

बुटवल । सर्पले टोकेर रुपन्देहीमा गएराति एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी–५ वडबलीयाकी ५ वर्षीया तवरेज मुसलमानलाई सर्पले डस्दा मृत्यु भएको हो ।

घरमा खेलिरहेको बेलामा दाहिने हातमा सर्पले डसेको थियो । उनलाई उपचारको लागि भैरहवास्थित भीम अस्पतालमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस