काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४०८ पुग्यो

पत्रपत्रिकाबाट

शनिबार, १० साउन २०७७, ०८ : ४०
काठमाडौं उपत्यकामा संक्रमितको  संख्या ४०८ पुग्यो

काठमाडौं । उपत्यकामा संक्रमितको संख्या ४ सय ८ पुगेको छ । काठमाडौंमा २ सय ७६, ललितपुरमा ८१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर १८ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । ३ लाख ३५ हजार दुई जनाको आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर १९ हजार ४ सय ४४ जना क्वारेन्टिनमा छन् ।

संक्रमितमध्ये १२ हजार ९ सय ४७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८३ पुगेको छ । संक्रमितमध्ये ४४ जनाको मृत्यु भएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस