भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

पत्रपत्रिकाबाट

शनिबार, १० साउन २०७७, ०७ : २४
भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

फाइल तस्विर

काठमाडौं । लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् ।

कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो ।

लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ । पहिलोपटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ । पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ । लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस