काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले एक जना हुण्डी कारोवारीलाई रु १९ लाख ९१ हजार नगदसहित पक्राउ गरेको छ । काठमाडौँको विशालबजार नजिकबाट स्याङ्जा घर भई सामाखुसी बस्ने ४० वर्षीय ढुण्डिराज न्यौपानेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
प्रहरीले अहिले काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजस्व छली गरिरहेको भन्ने सूचनाका आधारमा उपत्यकाका विभिन्न स्थानमा खोजी अभियान चलाउँदै आएको छ । उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा झोलाबाट रकम बरामद गरिएको हो । थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ साउन २०७७, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ