काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले एक जना हुण्डी कारोवारीलाई रु १९ लाख ९१ हजार नगदसहित पक्राउ गरेको छ । काठमाडौँको विशालबजार नजिकबाट स्याङ्जा घर भई सामाखुसी बस्ने ४० वर्षीय ढुण्डिराज न्यौपानेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
प्रहरीले अहिले काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजस्व छली गरिरहेको भन्ने सूचनाका आधारमा उपत्यकाका विभिन्न स्थानमा खोजी अभियान चलाउँदै आएको छ । उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा झोलाबाट रकम बरामद गरिएको हो । थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ साउन २०७७, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ