ओली र प्रचण्डबीच दुई घण्टा छलफल

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, १५ : ०८
ओली र प्रचण्डबीच दुई घण्टा छलफल

काठमाडौं । पार्टी विवादमा सहमति खोज्ने विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार करिव २ घण्टा ओली प्रचण्ड छलफल भएको हो ।

दुई नेताबीच स्थायी समिति बैठक, अर्लि महाधिवेशन र नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल भएको बताइएको छ । नेकपामा ओलीको राजीनामा प्रचण्ड र अर्का नेता माधवकुमार नेपाल पक्षले माग्दै आएका छन् । तर ओलीले आगामी मंसिरमा अर्लि महाधिवेनमार्फत नेतृत्व हस्तान्तरण गर्ने भन्दै महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । यसमा प्रचण्ड–नेपाल पक्ष सहमत हुन सकेका छैनन् ।

सोही विषयमा विवाद भएपछि गत मंगलबार बसेको स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको छ ।  सहमति खोज्ने भनिएपनि मंगलबारयता ओली प्रचण्डबीच सम्वाद हुन सकेको थिएन । शुक्रबार दुई नेताबीच सम्बाद भएपनि कुनै निश्कर्षमा नपुगेको ओली प्रचण्ड निकट नेताहरुले बताएका छन् ।

शुक्रबार ओलीसँगको छलफलसँग अध्यक्ष प्रचण्ड तुलसीलाल प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन ललितपुर पुगेका छन् । नेकपाको स्थायी समिति बैठक आगामी १३ गते बस्दैछ ।

प्रतिक्रिया दिनुहोस