काठमाडौं । गृह मन्त्रालयले विभिन्न खालका विपद् व्यवस्थापन र उद्धारका लागि आफ्नै मातहत रहनेगरी हेलिकोप्टर किन्न प्रस्ताव गर्दा अर्थ मन्त्रालय बाधक बनेको छ। गृहलाई हेलिकोप्टर किन्न बजेट नदिएर अर्थ मन्त्रालय बाधक बनेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बिहीबार गृहमा बसेको बैठकमा मन्त्री रामबहादुर थापाले मन्त्रालयले विपद् व्यवस्थापन र पीडितको उद्धारमा प्रयोग गर्नेगरी हेलिकोप्टर किन्न खोज्दा बजेट नदिएर अर्थ मन्त्रालय बाधक बनेको गुनासो गरेका हुन्। गृहले बाढीपहिरो, डुबान, आगलागी, भूकम्प, महामारी, चट्याङ, आँधीबेहरीलगायत विपद् व्यवस्थापनका लागि आफ्नै मातहत रहनेगरी हेलिकोप्टर किन्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट व्यवस्था गरिदिन प्रस्ताव गरेको थियो। बैठकमा गृहमन्त्री थापाले हेलिकोप्टर किन्न अर्थ मन्त्रालयले बजेट नदिँदा प्रक्रिया अघि बढ्न नसकेको दुखेसो गरेका थिए।
‘अहिले यत्रो विपद्को बेला छ। यो समस्या एक वर्षमात्रै होइन, बर्सेनि झेल्नुपर्छ, गृह मन्त्रालयसँग उद्धारमा प्रयोग गर्ने एउटा हेलिकोप्टर पनि छैन। यसका लागि अन्य निकायसँग समन्वय गर्नुपरेको अवस्था छ। त्यसो गर्दा उद्धारमा केही ढिलाइ हुने गरेको महसुस हामीले गरेका छौं’, गृहमन्त्री थापाले बैठकमा भने, ‘त्यस कारण अर्थ मन्त्रालयसँग हेलिकोप्टर किन्न बजेट मागेका हौं तर छैन भनेर दिएन। विपद् व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार जुटाउने हो।’
हरेक वर्ष बर्खा लागेपछि बाढीपहिरो, डुबानजस्ता विपद्को सामना गर्नुपरिरहेको सन्दर्भमा गृहमातहत उद्धारका लागि एउटा हेलिकोप्टर आवश्यक रहेको उनको धारणा थियो। नागरिक दैनिक खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ साउन २०७७, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक
गृह मन्त्रालयले गर्यो २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)