१२२ दिनपछि बल्ल चल्न थाले सार्वजनिक सवारी (तस्बिरहरु)

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, १४ : ३८
१२२ दिनपछि बल्ल चल्न थाले सार्वजनिक सवारी (तस्बिरहरु)

चितवन । १२२ दिनसम्म थन्केर बसेका सार्वजनिक सवारीहरु आजबाट चल्न सुरु गरेका छन् । आज चितवनका मुख्य बजारहरुमा सार्वजनिक सवारी चलेका थिए ।                                                                                          

यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले आजबाट सार्वजनिक सवारी चलाउने निर्णय गरेसँग चितवनको बजारमा सवारी चलेका छन् । 

यसअघि पनि फाट्टफुट्ट सार्वजनिक यातायात चले पनि व्यवसायीका प्रतिनिधिमूलक संस्थाले आफ्ना केही माग सरकारको मौद्रिक नीतिले पूरा गरेपछि यातायात चलाउने निर्णय गरेको हो । 

आजबाट देशभर सार्वजनिक यातायातका साधन चलेका छन् । सरकारले सार्वजनिक यातायातमा एक पंक्तिमा एक जनामात्र राख्न पाइने, मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्नेजस्ता सावधानीको उपाय अपनाउन भनेको छ । 
चितवनका सार्वजनिक सवारी साधनमा केही बसहरुले सेनेटाइजरको प्रयोग गरे पनि केही बसमा सेनेटाइजर उपलव्ध नै थिएन । केही यात्रुहरुले मास्क नलगाई यात्रा गरेको समेत पाइयो । एउटा सिटमा एक जना यात्रु राखिएको थियो भने यसअघि लिने गरिएको भाडामा ५० प्रतिशत थपेर भाडा लिइएको पनि पाइयो । 


हेर्नुहोस् तस्बिरः

 

प्रतिक्रिया दिनुहोस