२० क्विन्टल सलह समातियो, प्रतिकिलो ५० रुपैयाँ पाउने

पत्रपत्रिकाबाट

विहीबार, ०८ साउन २०७७, ०८ : २७
२० क्विन्टल सलह समातियो, प्रतिकिलो ५० रुपैयाँ पाउने

प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिका–१, स्याउँलीबाङका किसानले धमाधम सलह संकलन गर्न थालेका छन् ।

गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँ दिन थालेपछि किसानले मंगलबारसम्म २० क्विन्टल सलह संकलन गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष विकले जानकारी दिए । किसानले सलह छोपी बोरामा राखेर वडा कार्यालयमा बुझाउने गरेका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस