भोलिदेखि अनलाइन कक्षा पुनः सञ्चालन हुने

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, २१ : ०८
भोलिदेखि अनलाइन कक्षा पुनः सञ्चालन हुने

काठमाडौँ । निजी स्कुलहरुले फेरि अनलाइन कक्षा सुरु गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो ।

सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि बन्द गरेको कक्षा पुन सुचारु गर्ने भएका हुन् । विद्यालय सञ्चालक, शिक्षक र अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायतका क्रियाकलाप थाल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस