नेयमारको खुट्टाको अपरेशन सफल

विहीबार, १७ फागुन २०७४, १३ : ३०
नेयमारको खुट्टाको अपरेशन सफल

काठमाडौं । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारको खुट्टाको सर्जरी भएको छ । यससँगै उनले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल गुमाउनेछन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३-१ को जित निकालेको रियल मड्रिडले पीएसजीको होममा खेल्न बाँकी छ । आइतबार लिग वानमा मार्सेलिएविरुद्धको खेलका क्रममा नेयमारको खुट्टाको जोर्नी फ्याक्चर भएको थियो ।

पीएसजीका प्रशिक्षकले नेयमार मंगलबार खेल्न सक्ने झिनो सम्भावना रहेको बताएका छन् । तर, नेयमारका बाबुले उनी ६ देखि ८ हप्ता मैदानबाट बाहिर रहने बताएका छन् ।
लिग वानमा पीएसजी १४ अंकले अगाडि छ । तर, नेयमारको अनुपस्थितिले च्याम्पियन्स लिगमा गाह्रो बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस