नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइयो, पार्टी एक ढिक्का बनाउन नेता कार्यकर्ताको नेतृत्वलाई सुझाव

प्रकाश सिग्देल

बुधबार, ०७ साउन २०७७, १५ : ०९
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइयो, पार्टी एक ढिक्का बनाउन नेता कार्यकर्ताको नेतृत्वलाई सुझाव

- प्रकाश सिग्देल
चितवन । पुष्पलाल श्रेष्ठको सपना साकार पार्न पार्टीका आन्तरीक गुट उपगुटको अन्त्य गरी जनभावनाको सम्मान गर्दै पार्टी बिधि र पद्धतीमा चल्नुपर्ने नेकपाका नेताहरुले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा यस्तो चाहना र भावना प्रकट भएको हो । नारायणगढ स्थित नारायणी नदी किनारामा रहेको पुष्पलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा चितवनले ४२ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताले पुष्पलालको शालिकमा माल्यापर्ण र पुष्पगुच्छा अर्पण गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रदेश सांसद कञ्चन खनालले अधिकार मागेर होइन खोसेर लिनु पर्छ भनेर आम नागरीकलाई सिकाउने पहिलो नेता पुष्पलाल भएको बताइन् । पार्टीभित्र गुटबन्दी गर्न नहुने र पार्टी प्रणाली र पद्दती सबैले मान्नुपर्ने बताउँदै नेतिृत्व र कार्य विभाजनमा जो जता परेपनि पार्टी संस्थागत रुपमा अगाडि बढ्दै गुट र उपगुट अन्त्य भए मात्रै पुष्पलाल जस्ता महान नेताको सपना साकार हुने बताइन् । नेतृत्वले पार्टीले पाएको जनमतलाई ख्याल गर्दै बिचल्लित नभै जनभावना अनुरुप काम गर्नु पर्ने उनको तर्क छ । 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज कृष्ण खनालले पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको घोषण पत्रलाई नेपालीमा अनुवाद गरेर आम जनतालाई कम्युनिष्ट पार्टीको बारेमा जानकारी प्रदान गर्न महत्वपूर्ण भुमिका खेलेको बताए । जातियताका मामलामा, राष्ट्रियताका मामलामा उहाँ निकै सचेत रहेकोे उनको भनाइ छ । पार्टी स्थापना भएको ७१ वर्ष भइसकेको र अहिले पनि उहाँका विचार आम जनतामा दिनानुदिन लोकप्रीय बन्दै गएको उनको भनाइ छ ।

पुुष्पलाल स्मृति प्रतिष्ठान चितवनका अध्यक्ष रामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज कृष्ण खनाल प्रमुख अतिथि, जिल्ला अध्यक्ष यम बहादुर परियार, जिल्ला सचिव तथा सांसद कृष्ण भक्त पोखरेल बिशिष्ठ अतिथि, प्रदेश सभा सदस्य बिजय सुबेदी, कृष्ण खनाल, राप्ती नगरपालिकाका मेयर प्रभा बराल लगायत अतिथिका रुपमा सहभागि थिए ।  जिल्ला कार्यालय सदस्य तेजेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रममा कृष्ण भत्त पोखरेलले स्वागत मनत्व्य राखेका थिए ।  

प्रतिक्रिया दिनुहोस