गाडीको जोर बिजोर प्रणाली हट्यो

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, ०६ : ४५
गाडीको जोर बिजोर प्रणाली हट्यो

काठमाडौं । सरकारले सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । सरकारका प्रवक्ता  डा युवराज खतिवडाले साे जानकारी दिँदै लामो दूरीको यातायात सेवा भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको बताए ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार हुने गरी छोटो, मध्यम तथा लामो दूरीमा जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसमेत भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

यसअघि जिल्लाभित्रै सीमित सवारीसाधनमा भने जाेरबिजाेर हटाइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस