साउन ८ देखि सार्वजनिक यातायातका साधन सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, १५ : ४०
साउन ८ देखि सार्वजनिक यातायातका साधन सञ्चालन

काठमाडौँ । आगामी बिहीबार साउन ८ देखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा  पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
 
छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् । सरकाले गत असार २६ मै उपत्यकामा र जिल्लाभित्र यातायातका साधन जोरविजोरका आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस