चितवन । उर्लेको नारायणी नदीको बहाब अझै घटेको छैन । नारायणी नदीको बहाब आज बिहान ९ दशमलव ९१ मिटर पुगेको थियो ।
यस बहाबलाई दुई दशक यताकै ठूलो मानिएको छ । नदीको बहाब बढेपछि नारायणी नदी किनारमा हेर्ने दर्शकको ठूलो भीड लागेको छ । नारायणी नदी तटीय क्षेत्रका होटल, रेष्टुराँ तथा घरहरु डुबानमा परेका छन् । नदी छेउमा रहेका सुकुमबासीका बस्तीहरुमा पनि नारायणी नदीको बाढी पसेको छ ।
नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २, ३, १६, २६, २७, २९ मा नारायणी नदीको पानी पसेपछि त्यहाँको बस्ती स्थानान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०७७, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
नारायणी नदीले खतराको तह पार गर्यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार