अविरल वर्षासँगै नारायणी नदीमा पानीको बहाव उच्च

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, २२ : ३०
अविरल वर्षासँगै नारायणी नदीमा पानीको बहाव उच्च

काठमाडौं । अविरल वर्षासँगै नारायणी नदीमा पानीको बहाव उच्च भएको छ । योसँगै पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सीमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । 

नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका तारा सिहंले बताए । सोमबार ९ बजे ब्यारेजमा तीन लाख १५ हजार क्यूसेक पानी प्रवाह भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस