वैशाखयता नेपाली सुरक्षाकर्मीमाथि छैटौं पटक आक्रमण

पत्रपत्रिकाबाट

सोमबार, ०५ साउन २०७७, ०८ : ४२
वैशाखयता नेपाली सुरक्षाकर्मीमाथि छैटौं पटक आक्रमण

फाइल तस्विर

काठमाडौं । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयद्वारा आक्रमण गर्ने क्रम अझै रोकिएको छैन । झापास्थित सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय नागरिकद्वारा वैशाखयता छैटौं पटक आक्रमण भएको छ ।

गौरीगन्ज गाउँपालिका–५ स्थित नेपाल–भारत सिमानाको १५२ नम्बर पिलर नजिक गत शनिबार राति भारतीयहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् । राति साढे ९ बजे सीमा गस्तीमा रहेको सशस्त्रको टोलीमाथि करिब ५० जनाको संख्यामा घरेलु हतियारसहित आएका भारतीयहरूले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

रातमा ४–५ जनाको संख्यामा भारतीयहरू नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीको टोलीले रोकेको थियो । लगत्तै भारततर्फको बाँसको झ्याङमा लुकेर बसेका भारतीयले सशस्त्रमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी सशस्त्रका दुई जना जवान सामान्य घाइते भएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस