निकुञ्ज प्रशासनद्वारा माडी कुसुमखोलाका दुई घरमा आगलागी, आठ घर भत्काइयो

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, १७ : ४१
निकुञ्ज प्रशासनद्वारा माडी कुसुमखोलाका दुई घरमा आगलागी, आठ घर भत्काइयो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेका दुई वटा घरमा आगलागी गरेको छ । कुसुमखोलामा रहेका अन्य आठ घरलाई पनि निकुञ्जले हात्ती लगाएर ८ वटा घर भत्काएको छ । 

निकुञ्जको अतिक्रमित क्षेत्रमा बसोबास गरेको भन्दै निकुञ्जले माडी–९, कुसुमखोलामा रहेका दुई घरमा आगलागी र आठ वटा घर भत्काएको हो ।

आगलागीबाट घरमा रहेका अन्नपात सबै जलेर नष्ट भएका छन् ।  माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीका अनुसार जलेका र भत्काइएका घरहरु पूर्ण रुपमा क्षति भएका छन् । 

प्रतिक्रिया दिनुहोस