बलिउडका यि ५ सुपरस्टार, जो सँग अकुत सम्पति छ

एजेन्सी

शुक्रबार, ०२ साउन २०७७, १२ : ४८
बलिउडका यि ५ सुपरस्टार, जो सँग अकुत सम्पति छ

एजेन्सी । हिन्दी चलचित्र क्षेत्रमा यस्ता केही अभिनेता छन् जोसँग अकुत सम्पत्ति रहेको छ । केही अभिनेताहरुले करोडौं मानिसहरुको सम्मान र मायासँगै अकुत सम्पत्ति पनि कमाएका छन् । 

यस्ता केही अभिनेताहरु छन्, जसको सम्पत्ति अकुत छ । तीमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेताहरुको बारेमा चर्चा गर्दैछौँ । 

यो सूचीमा शाहरुख खान पहिलो स्थानमा पर्छन् । शोभिज डटकम वेभसाइटका अनुसार शाहरुख खानको कुल सम्पत्ति ७४० मिलियन डलर रहेको छ । यो सम्पत्तिका अनुसार उनी सबैभन्दा धनि अभिनेता हुन् । 

दोस्रो स्थानमा महानायक अभिताभ बच्चनको नाम रहेको छ । विगत ५० वर्षदेखि बलिउडमा राज गरिरहेका अमिताभ बच्चनसँग ४०५ मिलियन डलर सम्पत्ति रहेको छ । 

सबैभन्दा धनि अभिनेताको सूचीमा तेस्रो स्थानमा सलमान खानको नाम आउँछ । सलमान खानसँग २२० मिलियन डलर सम्पत्ति रहेको छ । 

धनि अभिनेताहरुको सूचीमा सुपरस्टार आमिर खानको नाम पनि सामेल रहेको छ । आमिर खानसँग २०५ मिलियन डलर रहेको छ । 

हिन्दी सिनेमामा ‘खेलाडी’ को नामबाट चर्चित सुपरस्टार अक्षय कुमारको नाम पनि यस सूचीमा सामेल रहेको छ । उनी पनि पाँच सबैभन्दा धनि अभिनेताको सूचीमा सामेल छन् । उनीसँग २०० मिलियन डलरको सम्पत्ति रहेको छ । 

प्रतिक्रिया दिनुहोस