पोखरा । कास्कीमा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रेमराज विकको घरमा पहिरो खस्दा ३ जनाको ज्यान गएको हो । उनका अनुसार पहिराले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षिय नाति कुशल विक, १६ वर्षकै नातिनी रोजीना विक र १४ वर्षिय नाति समिर विककको ज्यान गएको छ ।
अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल नै छन् । पहिरोमा पुरिएका तीनै जनाको शव निकालि सकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी