अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने निजी विद्यालय सञ्चालकको निर्णय

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १५ : ५३

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् ।

यस्तै शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् । 

प्याब्सन र एनप्याब्सनले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले शुल्क उठाउन पाउनुपर्नेलगायतका आफूहरुको माग सम्बोधन नगरेको भन्दै यस्तो अप्रिय निर्णय लिन बाध्य भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस