मध्यरातमा राजेश हमालले दिपाश्रीलाई माफी दिन भनेपछि.....(भिडियो सहित)

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, ०९ : ३६
मध्यरातमा राजेश हमालले दिपाश्रीलाई माफी दिन भनेपछि.....(भिडियो सहित)

काठमाडौं । नेपालको चलचित्र क्षेत्रमा कलाकार दिपाश्री निरौलाले गत साता दिएको एउटा अभिब्यक्ती निक्कै विवादित बन्यो ।  उनले राजेश हमाललाई महानायक भन्नु पर्ने के छ र त्यस्तो भन्दै प्रश्न उठाएकी थिइन् । एक टेलिभिजन कार्यक्रममा दिपाश्रीले महानायक पनि हुन्छन र ? भन्दै प्रश्न गरेकी थिइन् । 

त्यसपछि विवाद निक्कै बढ्यो । दिपाश्री निरौला मात्र होइन, दिपाश्री निरौलासँग जोडिएका अन्य कलाकारहरु पनि आक्रमणको तारो बने । आफ्नो बोलीले आलोचित बन्न थालेपछि लगत्तै दिपाश्री निरौलाले माफी मागिन् । तर पनि उनी लगायते टिममाथी आक्रमणको तारो रोकिएन । 

धेरैले दिपाश्री माथी आक्रमणको तारो बनाउन थालेपछि प्रश्न गरे, राजेश हमालले नै किन दिपाश्री माथी आक्रमण गर्ने क्रम रोक्नुस् भनेर आव्हान गरेनन् । नायक राजेश हमालमाथी नै उल्टै प्रश्न उठिरह्यो । 

यही प्रश्न उठी रहेकै बेला राजेश हमालले मध्यरात करिब ९ मिनेटको भिडियो सन्देश दिदै दिपाश्री निरौलामाथी माफी दिन आग्रह गरेका छन् । आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तीका बिरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् ।  

राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तीलाई मानवीय हिसाबले आत्म सम्मानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । 

आफू सहिष्णु भएर कतिपय कुरालाई नजरअन्दाज गरेर निरन्तर आफ्नो कर्म गरिरहेको भन्दै अरुमा पनि सहिष्णुता हुनुपर्ने बताएका छन् । तर उनले आफनो भिडियो सन्देशमा दिपाश्रीको नाम भने लिएका छैनन् । उनले सम्बन्धित ब्यक्तिलाई  क्षमा गरिदिन आग्रह गरेका छन् । 

हेर्नुहोस, राजेश हमालको भिडियो सन्देश :

https://www.facebook.com/Rajesh-Hamal-1588903248055504/

प्रतिक्रिया दिनुहोस