कोरोनाबाट संक्रमित बने कांग्रेस नेता जीवनबहादुर शाही, कर्णाली प्रदेशसभामा त्रास

सफल खबर संवाददाता

मंगलबार, ३० असार २०७७, १६ : ५७
कोरोनाबाट संक्रमित बने कांग्रेस नेता जीवनबहादुर शाही, कर्णाली प्रदेशसभामा त्रास

काठमाडौं । काँग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ । 

दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए ।

संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए । शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ ।