एजेन्सी । भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा सोमबार राम नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि भारतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ ।
रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको हो ।
भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई 'राजनीतिक विवाद उक्साउने' भन्दै भारतलाई 'चोट पुर्याउने आश्चर्यजनक कदम' भनिएको छ।
सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन्।
उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भनेर भनेको उल्लेख गरिएको छ।
अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई 'स्तब्ध पार्ने बयान' भनेर उल्लेख गरिएको छ।
नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको उनको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ।
एनडिटीभी डट कममा प्रकाशित समाचारमा ओलीको अभिव्यक्तिले रामका अनुयायीहरूलाई उत्तेजित पार्ने देखिएको लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असार २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र देउवाबीच छलफल
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री ओली
पुरातनवादी तत्त्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित छन् : प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री ओली
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्रीको प्रश्न- कक्षा १० मै ५२ प्रतिशत विद्यार्थीको भविष्य चट् भएको कुरालाई मजाक बनाउन मिल्छ ?