कम जोखिम भएको क्षेत्रमा साउन १ देखि स्कुल सञ्चालन

पत्रपत्रिकाबाट

मंगलबार, ३० असार २०७७, ०७ : ४२
कम जोखिम भएको क्षेत्रमा साउन १ देखि स्कुल सञ्चालन

काठमाडौंं । कोरोनाभाइरसको कम जोखिममा रहेका स्थानीय तहमा साउन १ देखि विद्यालय खोल्न सकिने गरी शिक्षा मन्त्रालयले तयारी अघि बढाएको छ ।  मन्त्रालयको आन्तरिक छलफलमा शून्य संक्रमित रहेका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ । 

गत चैत्रदेखि देशभरका शिक्षण संस्था बन्द छन् । असार १ देखि ४५ दिनका लागि वैकल्पिक सुकाइ अभियान सुरु गरिएको छ । सिकइ अभियानको प्रभावकारिता अध्ययन गर्न मन्त्रालयले ७ वटै प्रदेशमा सहसचिवलाई जिम्मेवारी दिएको थियो । अध्ययनमा सहभागी सचिवहरुले विद्यार्थी संख्या थोरै भएका र कम जोखिममा रहेका स्थानीय तहमा विद्यालय पुनः सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस