एक सय चार वर्षीया महिलाले जितिन् कोरोना

एजेन्सी

सोमबार, २९ असार २०७७, १५ : ५२
एक सय चार वर्षीया महिलाले जितिन् कोरोना

एजेन्सी । इंग्ल्यान्डको केन्ट निवासी १०४ वर्षीया महिलाले कोरोना भाइरसलाई जितेकी छन् । ग्रेस ग्रिनवुड नाम गरेकी ती महिला घरमै ३ हप्ताको उपचारपछि  निको भएकी हुन् ।  

सास लिन गाह्रो हुने समस्या भएकी ती महिलालाई अस्पतालसमेत लानु परेन । घरकै उपचारले उनी पूर्ण रूपमा सञ्चो भएकी हुन् ।  

ग्रेसको परिवारका अनुसार उनले आफ्नो जीवन निकै संघर्षमा बितेको हो । उनले आफ्नो धेरै समय बिरामीको सेवामा बिताइन् । यसकारण उनमा चुनौतीसँग लड्ने साहस छ । बर्मा (म्यान्मार) मा जन्मेकी उनले भारतमा केही समय नर्सका रूपमा काम गरिन् । त्यसपछि उनी सन् १९४६ मा इंग्ल्यान्ड गएकी हुन् ।  

लन्डनमा शृंगार विशेषज्ञका रूपमा कार्यरत ती महिलाकी नातिनी क्रिस्टल अपोलिनिया भन्छिन्, ‘केही हप्ताअघि उहाँलाई रोगले समातेको थियो । जब डाक्टरले उहाँको स्वास्थ्यबारे जानकारी दिए, तब हामीलाई धेरै डर लागेको थियो । हामीलाई थाहा थियो कि हामी त्यस्तो ठाउँमा बसेका छौं, जहाँ कोरोना कारण मानिसको मृत्यु भइरहेको थियो ।’

तर कोरोना पोजिटिभ भएको थाहा पाउँदा आफ्नी हजुरआमामा कुनै त्रास नभएको उनले जानकारी दिइन् ।  क्रिस्टलका अनुसार उनकी हजुरआमा हिम्मतवाली महिला हुन् । उनी दैनिक व्यायामसमेत गर्छिन् । (बिबिसी हिन्दीबाट)

प्रतिक्रिया दिनुहोस