यस्तो रह्यो सर्वदलीय बैठकको निर्णय

बुधबार, १६ फागुन २०७४, १६ : ३८
यस्तो रह्यो सर्वदलीय बैठकको निर्णय

काठमाडौं । संघीय संसदको पहिलो बैठकका तयारी र एजेण्डाबारे छलफल गर्न  बसेको सर्वदलीय बैठक सकिएको छ ।

संसद सचिवालयले आह्वान गरेको बैठकमा राजपाका संसाद बृजेशलालले आफ्नो पार्टीबाट निर्वाचित कैलाली १ का सांसद रेशमलाल चौधरीलाई पनि सपथ लिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

उनले जननिर्वाचित चौधरीमाथि भएको राज्यको व्यवहार ठिक नभएको धारणा राखेका थिए । बैठकमा संसद सचिवालयले सांसदहरुलाई अध्ययनका लागि संसद सञ्चालन कार्यविधि मस्यौदा दिएको छ । त्यस्तै सांसदहरुले सपथ लिने भाषाका बारेमा विहिबारसम्म सचिवालयमा लेखेर पठाउन दल र सांसदहरुलाई सचिवालयले आग्रह गरेको प्रवक्ता भरत गौतमले जनाकारी दिए ।

बुधबार दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बसेको बैठकमा माओवादीका तर्फबाट नेता देव गुरुङ, दीनानाथ शर्मा सहभागि थिए भने काँग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजाल सहभागि थिए ।

त्यस्तै एमालेका तर्फबाट सुवास नेम्वाङ र भानुभक्त ढकाल सहभागि थिए भने राजपाबाट महन्द्र राय यादव सहभागि थिए ।

अर्को बैठक फागुन २० गते बस्नेछ । संघीय संसद अन्र्तगतको प्रतिनिधि सभा अन्र्तगतको पहिलो बैठक फागुन २१ गते ४ बजे र राष्ट्रिय सभाको ५ बजेलाई बोलाइएको छ । त्यसअघि सांसदहरुले सपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस