मस्को । रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण सफल भएको दाबी गरेको छ । रुसको सेचनोव विश्वविद्यालयले कोभिड(१९ विरुद्धको खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको हो ।
रुसी समाचार संस्था ताससँग कुरा गर्दै प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकले परीक्षणमा खोप प्रभावकारी देखिएको दाबी गरेकी छिन् । उनले ताससँगको कुराकानीमा भनेकी छिन्, ुसोध पूरा भएको छ र यसबाट खोप पूर्ण रुपमा सुरक्षित रहेको पनि प्रमाणित भएको छ ।
उनका अनुसार खोप परीक्षण गरिएका स्वयंसेवकहरुलाई १५ जुलाईदेखि २० जुलाईसम्ममा डिस्चार्ज गरिनेछ । इलिना सेचनोव विश्वविद्यालयको सेन्टर फर क्लिनिकल रिसर्च अन मेडिकेसन्सकी प्रमुख हुन् । विश्वविद्यालयबाट डिस्चार्ज गरिए पनि स्वयंसेवकहरु आफूहरुको निगरानीमा रहने उनले बताइन् ।
विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई कोभिड(१९ विरुद्धको खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो । विश्वविद्यालयले खोपको सफल परीक्षण भएको दाबी गरेसँगै भारतस्थित रुसी दूतावासले ट्वीटमार्फत कोभिड(१९ विरुद्ध विश्वकै पहिलो खोपको सफल परीक्षण भएको उल्लेख गरेको छ । कान्तिपुर दैनिकमा खबर छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ असार २०७७, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार दिनदेखि बेपत्ता दम्पतीको अझै पत्तो लागेन
नाका नखुल्दा चुलो बल्नै सकस
क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु
जी २० का अर्थमन्त्रीहरुबीच छलफल
सखुवानन्कारकट्टीमा झण्डा महोत्सव हुने
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन