मृत भनी दाहसंस्कार गरिएको नौ दिनमा जीवित भेटिएपछि...

रासस

आइतबार, २८ असार २०७७, १५ : १०
मृत भनी दाहसंस्कार गरिएको  नौ दिनमा जीवित भेटिएपछि...

पाल्पा । पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताउनुभयो । 

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए ।  श्यामशरण घरमा पु-याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो । केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो ।

पुरुषको लासलाई श्यामशरण लास भनी  दाहसंस्कार गरेको आफन्तले जनाएका छन् । किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस